
पोखरा १४ चैत्र ।
आज अपरान्ह कास्कीको कास्कीकोटमा परेको भीषण असिनापानीका कारण लाखौँको क्षति भएको छ । हावाहुरी सहित आएको असिनाले कास्कीकोट, सरांगकोट, भदौरे, ढिकुरपोखरी लगायतका क्षेत्रमा कृषकहरुले लगाएका तरकारीबाली, पशुपन्छी लगायतमा व्यापक क्षति पुर्याएको कास्कोट गाविस वडा नं ३ का स्थानीय केशव सुवेदीले जानकारी दिनुभयो । ‘‘घरगोठका छाना उडाएपछि असिना पर्न सुरु भयो, वस्तुभाउ जोगाउन समेत धौधौ भयो” उहाँले भन्नुभयो ‘‘गाउँमा सबैको विचल्ली छ ।” गोठमा रहेका गाईवस्तु, बाख्रा समेत असिनाले चुटिएको सुवेदीले बताउनुभयो । करिब आधाघण्टासम्म परेको भीषण असिनाका कारण मेलापात गर्न गएका स्थानीय समेत असिनाका कारण घाईते भएका छन् । क्षतिको थप विवरण भने प्राप्त भईसकेको छैन ।
कमेन्ट गर्नुहोस्
