
रञ्जन अधिकारी पोखरा, १५ चैत / सामसुङ कम्पनीको पोखराकै एकमात्र ब्राण्डेड शोरुम सामसुङ प्लाजाले स्तरोन्नति गर्दै नयाँबजारबाट महेन्द्रपुल स्थानान्तरण गरेको छ । तीन वर्ष अघि नयाँबजार स्थित गण्डकी मेडिकल कलेज अगाडि ८० लाखको लगानीमा सञ्चालनमा आएको सामसुङ प्लाजाको लगानी हाल दुई करोड पुगेको प्रोप्राईटर जनपुकार मुनन्कमीले बताए ।
महेन्द्रपुल स्थानान्तरण भएको प्लाजाको गोल्छा अर्गनाइजेशन अन्तर्गतको विद्युतीय उपकरण विक्रेता कम्पनी (हिम ईलेक्ट्रोनिक्स) सामसुङ प्लाजाकी निर्देशक सीमा गोल्छा र प्रोप्राईटर मुनन्कमीले संयुक्त रुपमा सोमबार शुभारम्भ गरे । नागार्जुन ट्रेडिङ हाउस पोखरा अधिकृत विक्रेता रहने गरी प्लाजाले आफ्नो सेवा विस्तार गरेको हो । नेपालभर १० मात्रै रहेको प्लाजा पोखरामा एकमात्र हो भने उपत्यका बाहिर नारायणगढ र धनगढीमा छ । । ‘ब्राण्डेड सामान खोज्न राजधानी जानुपर्दैन । सामसुङका हरेक सामानहरु अन्तर्राष्ट्रिय गुणस्तरमै हामीकहाँ पाउनुहुनेछ ।’ मननकर्मीले भने – ‘भौतिक रुपमा स्तरोन्नति गरेर पुनः महेन्द्रपुलबाट सुभारम्भ गरेका हौं । काठमाण्डौंभन्दा सस्तोमा पाउनुहुनेछ ।’
शुभारम्भका अवसरमा ५ प्रतिशत छुटका साथै ठूला सामानको खरीदमा निःशुल्क होम डेलिभरीको सुविधा प्रदान गरिएको छ । यस्तै, ग्राहकहरुको रेकर्ड राखेर हरेक १५ दिनमा लक्की ड्र गरी आठ हजार सम्मको गिफ्ट ह्याम्पर दिने योजनालाई पनि निरन्तरता दिईने उनले बताए । मुनन्कमीले प्लाजामा सामसुङ ब्राण्डका कुनै पनि सामान मर्मत समेत गरिने जनाए । यहाँ ६ जनाले प्रत्यक्ष रोजगारीको अवसर पाएका छन् ।
ग्राहकहरुको सुविधा र उच्च प्रविधिका उत्पादनहरुलाई छिट्टै ग्राहक समक्ष पु¥याउनु पर्ने आवश्यकतालाई मध्येनजर गर्दै स्तरोन्नति गरेको जेनेरल मेनेजर क्षितिज मुनन्कमीले बताए । क्षितिज लण्डन युनिभर्सिटीबाट एमबिए, आईटी गरेर पोखरामा व्यवसाय गर्ने हेतुले नै नेपाल फर्केका हुन् । उनले काठमाण्डौका साथीहरुसँग सहकार्यमा डक्टर एट होम प्रोजेक्ट समेत चलाईरहेका छन् ।
प्लाजामा सामसुङ ब्राण्डका मोबाइल, एलडि टिभी, रेफ्रिजेरेटर, टेलिभिजन, क्यामेरा, वासिङ मेशिन, कम्प्युटर, प्रिन्टर, भ्याकुम क्लिनर, एसी लगायत सम्पूर्ण सामान उपलब्ध हुने प्रोप्राइटर मुनन्कमीले बताए ।

