
पोखरा, १५ चैत । बिग एफएमले हरेक नेपाली नयाँ वर्षमा गर्दै आएको ‘गुडलक नयाँवर्ष’मा यो पटक स्यालुट गोर्खा ट्रेनिङ सेन्टरले व्यावसायिक सहकार्य गरेको छ । रेडियो ईभेन्टका लागि स्यालुट गोर्खा ट्रेनिङ सेन्टरका अध्यक्ष राहुल पाण्डे र बिग एफएमका मार्केटिङ म्यानेजर कमल बरालबीच सहमती भएको हो ।
‘गुडलक ७३’ नाम दिएर यो पटक एफएमले ईभेन्ट गर्नेछ । हरेक अवसरलाई स्रोताहरुसँगै विशेष बनाउनका लागि एफएमले यस्ता खाले ईभेन्ट गर्दै आएको जनाएको छ । ‘स्रोताहरुसँग नजिकिने हाम्रो वहानामा व्यावसायिक हिसाबले साथ दिनुभएकोमा स्यालुट गोर्खाप्रति हामी आभारि छौँ ।’ एफएमका मार्केटिङ म्यानेजर कमल बरालले भने–‘आगामी दिनमा पनि यो कम्पनीसँग हामी निरन्तर जोडिन चाहन्छौँ ।’
त्यस्तै सहमतीपत्रमा हस्ताक्षर गर्दै स्यालुट गोर्खा ट्रेनिङ सेन्टरका अध्यक्ष राहुल पाण्डेले बिग एफएमको चर्चित ईभेन्टसँग जोडिएर खुशि साट्न पाउनु निकै उत्कृष्ट कुरा भएको बताए । उनले बिग एफएमका स्रोताहरुलाई कम्पनीको बारेमा थप जानकारी दिन पनि व्यावसायिक सहकार्य गरेको प्रस्ट्याए ।
यो रेडियो ईभेन्ट बैशाख १ गतेदेखि ५ गतेसम्म चल्नेछ । ईभेन्ट अन्तरगत हरेक दिन एफएमले एउटा प्रश्न सोध्नेछ । र, स्रोताहरुले एसएमएसमार्फत त्यसको सहि उत्तर पठाउनुपर्नेछ । सहि उत्तर पठाउने स्रोताहरुमध्येबाट एफएमले हरेक साँझ ८ बजे एक जनालाई विजेता घोषणा गर्ने कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए । सोधिएको प्रश्नको सहि उत्तर पठाउनका लागि स्रोताहरुले BIG स्पेस दिई FM फेरि स्पेस दिएर सहि उत्तर लेखि ४३२१ मा पठानुपर्नेछ ।
स्यालुट गोर्खा ट्रेनिङ सेन्टरले युवाहरुलाई लाहुरे ट्रेनिङ दिँदै आएको छ । यहाँबाट प्रशिक्षण लिएर थुप्रै युवाहरु ब्रिटिश लाहुरे, सिंगापुर प्रहरी, भारतीय लाहुरेमा भर्ति भैसकेका छन् ।

