अपहरित विमानका चालक दलका सदस्य र चार विदेशी यात्रु बाहेक सबै रिहा

235
0
Share:

१६ चैत, काठमाडौं । अपहरणमा परेको इजिप्ट एयरको विमानका चालक दलका सदस्य र चार विदेशी बाहेक सबै यात्रु रिहा भएका छन् ।
इजिप्टको अलेक्जेन्ड्रियाबाट कायरोका लागि उडेको इजिप्ट एयरको विमान अपहरणमा परेको थियो । विमान साइप्रसको लानाका एयरपोर्टमा अवतरण गरिएको छ । विमानमा एक हतियारधारी छन् ।
अपहरणकारीसँगको वार्तापछि चालक दलका सदस्य र चार विदेशी बाहेक सबै रिहा भएको इजिप्ट इयरले जनाएको छ । विमानमा ५५ यात्रु रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: