पाकिस्तानमा अन्तर्राष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगिता जारी, दोश्रो खेलमा नेपाल पराजित

Share:

फैसलावाद(पाकिस्तान),१६ चैत्र

पाकिस्तानको फैसलावादमा जारी अन्तर्राष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगिता अन्र्तगत सोमबारको दोश्रो खेलमा नेपाल पराजित भएको छ । फैसलावादको कृषि विश्वबिद्यालयको परिसरमा सोमबार वेलुका सम्पन्न भएको आफ्नो दोश्रो खेलमा नेपाल उज्विकीस्तानसंग पराजित भएको हो ।

प्रतियोगिताको दावेदारी प्रस्तुत गरेको उज्विकीस्तानले नेपाललाई ११ गोलको बिरुद्ध ३६ गोलको फराकिलो अन्तरले पराजित गरेको हो । सागमा सहभागि भएका आफ्ना टिमका भरपर्दा ५ जना खेलाडीहरु विना मैदानमा उत्र्रिनु परेकोले र आफ्ना केहि खेलाडीहरु घाईते भएका कारणले गर्दा उत्कृष्ट खेल प्रर्दशन गर्न नसकेको नेपाली टिमका मुख्य प्रशिक्षक जिवन बहादुर बस्नेतले बताए । सागमा सहभागि भएका नेपालका भरपर्दा खेलाडीहरु वन्दना राई, जिना राई, कविता राई, प्रेमा शेर्पा र निशा राई विना मैदानमा उत्र्रिदा आफुहरुको विन्स निकै कमजोर भएको बस्नेले जनाए । कप्तान रन्जना राई, उमा राई, पार्वती चौधरीको खुट्टामा चोट लागेको छ । नेपालले आज मंगलबार दुई खेल खेल्ने भएको छ । आज विहान सागको विजेता मित्रराष्ट्र भारतसंग सामना गर्दै छ भने मंगलबार वेलुका नेपाली समय अनुसार ६ बजे पछि माल्दीप्ससंग प्रतिष्प्रर्धा गर्दै छ ।

यसै बिच सोमबार विहान भएको खेलमा भारतले आयोजक पाकिस्तानलाई ३० को बिरुद्ध ३६ गोल अन्तरले पराजित गर्यो भने सोमबारको अन्तिम खेलमा भारतले माल्दिप्सलाई २० गोलको बिरुद्ध ४० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । हालै भारतमा सम्पन्न भएको दक्षिण एसियाली खेलकुद सागको वदला लिदा नेपालले पाकिस्तानलाई घरेलू मैदानमा पराजित गर्दै उद्घाटन खेलमा विजयी सुरुवात थियो । पाकिस्तान ह्याण्डवल संघको आयोजनामा पाकिस्तानको फैसलावादमा आइतबार देखि सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रीत महिला ह्याण्डवल प्रतियोगितामा बुधबारसम्म चल्ने भएको छ ।

प्रतियोगितामा नेपाल, पाकिस्तान, भारत, माल्दीप्स र उज्विकीस्तान गरी पाँच देशको सहभागिता रहेको छ । उक्त प्रतियोगिता राउण्ड रोविनको आधारमा खेलाईएको पाकिस्तानी ह्याण्डवल संघका अध्यक्ष मोहम्मद सफिकले बताए । फैसलावाद उद्योग बाणिज्य संघले उक्त प्रतियोगितामा सहभागि खेलाडीहरुको टिम सहित टोलीलाई स्वागत गरेको छ । खेलको माध्यमबाट कसरी पाकिस्तानको आर्थिक विकास गर्न सकिन्छ भन्ने बिषयमा चर्चा भएको थियो भने भूकम्पबाट प्रभावित भएको नेपाल यस्तो अबस्थामा पनि प्रतियोगितमा सहभागि भएकोमा खुसि व्यक्त गरीएको थियो

कमेन्ट गर्नुहोस्
Share: