पूर्वी चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

Share:

चैत्र १६, चितवन
पूर्वी चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु
भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाँस काट्न सामुदायिक वन पुगेका रत्ननगर नगरपालीका वडा नम्वर ९ निवासी अन्दाजी ५३ वर्षीय मानबहादुर गुरुङको गैंडाको आक्रमणबाट मृत्यु भएको हो । विहान ८ वजे घाँस काट्न सामुदायीक वनमा छिरेका गुरुङ्को गैंडाको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङ्को शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन राष्ट्रिय निकुञ्ज, सरकारी वन र सामुदायीक वन भित्र र वाहिर निस्किएर गैंडाले वर्षेनि स्थानियको ज्यान लिदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: