
पोखरा, १८ चैत / पोखरामा भोली गृहलक्ष्मी, शक्ति र एचपी कम्पनीका ग्याँस वितरण हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय आपूर्ती समिति कास्कीको आज बसेको बैठकले पोखरा तथा लेखनाथका विभिन्न डिलरमार्फत् १ सय ८८ सिलिण्डर शक्ति तथा १ हजार ७२ थान भरि सिलिण्डर गृहलक्ष्मी ग्याँस वितरण गर्ने निर्णय गरेको हो ।
यसअघि पोखरामा गृहलक्ष्मी कम्पनीको १ ट्रक सिलिण्डर लुटिएपछि सुरक्षाको प्रत्याभूती नभएसम्म ग्याँस वितरण नगर्ने गृहलक्ष्मी कम्पनीले बताएको थियो । रुश्री ट्रेडर्स जरेवर तथा उसका सवडिलरहरुबाट ३१५ थान र कोने गुरुङ सप्लायर्स तथा सवडिलरहरुबाट २५५ थान एच.पी. ग्यासँ वितरण हुने पनि जनाईएको छ।
कमेन्ट गर्नुहोस्
