बाटोमा ढुकेर छुरा प्रहार गर्ने ८ जना पोखराबाट पक्राउ

Share:

नवराज ढुङगाना
पोखरा, १८ चैत-
बाटोमा ढुकेर छुरा प्रहार गर्ने ८ जनालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।
पोखराको बैदामस्थित त्रिसरा रेष्टुरेण्ट नजिकै बाटोमा हिँडिरहेका तनहुँका २० बर्षीय शिशिर श्रेष्ठलाई मंगलबार छुरा प्रहार गरी घाईते बनाउने पोखराका रेजिन रानासहितका व्यक्तिहरु पक्राउ परेका हुन् ।
श्रेष्ठलाई छुरा प्रहार गरी फरार रहेका उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रानासहित पोखराका कुमार बि.क., सुदिप गुरुङ, फर्सा मगर, प्रज्वल गुरुङ, धने लामिछाने, किसान गुरुङ र आशिष गुरुङ रहेका छन् ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट चक्कु समेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई आवश्यक कार्वाहीको लागी कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्धामा म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: