१६४ इन्स्पेक्टरको सरुवा, कास्की ट्राफिक प्रमुख फेरिए

Share:

रञ्जन अधिकारी पोखरा, २० चैत / नेपाल प्रहरीले १६४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्णय अनुसार चैतबाट लागू हुने गरी इन्स्पेक्टरहरुको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामु अर्याल पनि सरुवा भएका छन् । अर्याल क्षेत्रीय प्रहरी कार्यालय पोखरा, महिला तथा बालबालिका सेवा केन्द्रमा रामबहादुर केसीको स्थानमा सरुवा भएका हुन् । यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय पोखराबाट सरुवा भई अर्यालले १५ महिनासम्म ट्राफिक प्रमुखको जिम्मेवारी सम्हाले ।

कास्की ट्राफिकको प्रमुखका रुपमा विश्वराज अधिकारी आउने भएका छन् । उनी प्रहरी प्रधान कार्यालय बजेट तर्जुमा उपशाखामा थिए ।

कमेन्ट गर्नुहोस्
Share: