विश्वकपको उपाधिका लागि आज इङ्गल्याण्ड र वेष्ट इन्डिज भिड्दै

Share:

काठमाडौं, २१ चैत-
भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज इङ्गल्याण्ड र वेष्ट इन्डिज भिड्दैछन् ।
कोलकाताको ईडन गार्डन रंगशालामा
नेपाली समय अनुसार वेलुकी सवा ७ वजे खेल सुरु हुनेछ । इङ्गल्याण्ड र वेष्ट इन्डिजले एक एक पटक विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि जितिसकेका छन् ।
आजको खेल जित्ने टोलीले दोस्रो पटक ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि जित्ने कीर्तिमान बनाउनेछ । दुवै टोलीले जारी विश्वकपमा एक एक वटा खेल हारेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: