भियतनामी प्रधानमन्त्री अविश्वासको मतद्धारा हटाइए

Share:

भियतनाम, २५ चैत-
भियतनामका प्रधामन्त्री गुयेन तान दुङ प्रधामन्त्रीको जिम्मेवारीबाट बुधबार पदमुक्त भएका छन् ।
भियतनामको ‘नेशनल एसेम्ली’ (एनए) को जारी ११ औँ बैठकले प्रधानमन्त्री गुयेनलाई अविश्वासको मतद्वारा हटाउने निर्णय गरेको हो ।
संसद्को ४८६ सदस्य सङ्ख्यामध्ये ४१८ जनाले गुयेनलाई हटाउने राष्ट्रपति ट्रान दाई कुयाङको प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
यसैबीच, राष्ट्रपति कुयाङद्वारा नयाँ प्रधानमन्त्रीका लागि बुधबार नै आह्वान गर्नुभएपछि उक्त पदका लागि भियतनाम कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा वर्तमान मन्त्रिपरिषद्का उपप्रधानमन्त्री गुयेन सुआन फुकले मात्रै आवेदन दिएका छन् ।
उनलाई बिहीबार बस्ने संसद् बैठकले मतदान गरी प्रधानमन्त्रीका रूपमा निर्वाचित गर्नुपर्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: