नेपाली कांग्रेस कार्यसमिति चयनका लागि मनोनयन दर्ता हुँदै

227
0
Share:

काठमाडौं २५ चैत-

नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

कार्यसमितिको निर्वाचनका लागि शुक्रबार बिहान ९ देखि १२ बजेसम्म मतदान हुँदैछ । कार्यसमितिको निर्वाचन पनि विद्युतीय प्रणाली मार्फत हुनेछ ।

कार्यसमिति पदाधिकारीका लागि उम्मेदवारी दर्ताको लागि बिहान ११ देखि अपरान्ह १ बजेसम्म समय तोकिएको छ । अपरान्ह साढे ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।

संशोधित विधान अनुसार समावेशी समानुपातिक सिद्धान्तका आधारमा २२ जना सदस्य चयन हुनेछन् ।

यसअघि हिजो संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई पराजित गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: