नेपाल फिफा वरियतामा ६ स्थान माथि उक्लियो

Share:

काठमाडौं, २५ चैत-

फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल ६ स्थान माथि उक्लिएको छ ।

यसअघि १ सय ९२ औं स्थानमा रहेको नेपाल अप्रिल महिनाका लागि जारी भएको नयाँ वरीयतामा नेपाल १ सय ७९ औं स्थानमा पुगेको हो ।

फिफाले २ सय ४ राष्ट्रको वरियता सूची साव्ृजनिक गरेको हो । नयाँ वरीयतामा नेपाल दक्षिण एसियामा भने पाँचौ स्थानमा रहेको छ । एशियामा शिर्षस्थानमा रहेृको अफगानिस्तान विश्व वरीयतामा भने १ सय ४७ औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ भने बेल्जियम दोस्रो, चिली तेस्रो, कोलम्बिया चौथो र जर्मनी पाँचौ स्थानमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: