
माधव पनेरु
चैत्र २५, पोखरा-
गत बैषाख १२ गते को महाबिनासकारी भुकम्पले पूर्णरुपमा क्षति पुरयाएको गोर्खा जिल्लाको बोरलाड.गा.बि.स. वाड न. ७ मा रहेको घाट बेसी प्राथमिक बिद्यालयमा अध्ययन गर्ने बालबालीकाहरुलाई करिव एक बर्ष पुग्ने बिद्यालय पोशाक, स्टेशनरी सामाग्री, कपि कलम लगायतको शैक्षिक सामाग्री बितरण गरिएको छ ।
५७ जना बालबालीकाहरुलाई बाल कल्याण संस्था पोखरा को आर्थीक सहयोगमा आज बितरण गरीएको हो । बिशेष गरेर त्यस बिद्यालयमा अध्ययन गर्ने कुमाल बस्तीका का अतिबिपन्न ५७ जना कक्षा १ देखि ५ कक्षा सम्म अध्ययन गर्ने बालबालीका हरुलाई बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम तिमील्सिना को अध्यक्षतामा बाल गृह सञ्जाल कास्कीका महासचिव तथा बाल कल्याण संस्थाका कोषाध्यक्ष शिव थापा, जर्ज डाउस्टर, शक्ति समूहका जिल्ला संयोजक शिवहरी तिमील्सिना तथा बिद्यालय संस्थापक अध्यक्ष लोक श्रेष्ठको हात बाट बितरण गरीयो भने, बाल अधिकार, बाल मैत्रीका सुनिश्चिताका लागी भुकम्प प्रभाबित बालबालीकाहरुका लागी सहयाृग गर्न कास्की बाट यसमा ठाउमा आएको कुरा बाल गृह सञ्जाल कास्की तथा बाल गृहहरुका महासंघ नेपाल क्षेत्रिय समितीका महासचिव बिजय कुमार प्रधानले बताउनु भयो भने, बाल कल्याण संस्थाका कोषाध्यक्ष सहयोगका लागि सचेतनाद्धारा सुधार नेपाल, कास्कि सचिव शिव थापाले यो सहयोगले यी बालबालीकाहरुलाई बिद्यालय पूग्ने महत्वपूर्ण योगदान पुग्ने कुरा बताउनु भयो भने बिद्यलय व्यवस्थापन समितीका अध्यक्ष राम प्र तिमील्सिनाले हार्दीक आभार प्रकट गर्नृ भयो कार्य संचालन शिव हरी तिमील्सिनाले गर्नु भएको थियो।
बाल कल्याण संस्था पोखराको सहयोग,जिल्ला बालकल्याण समिति, गोरखा र कास्किको समन्वयमा गोर्खा जिल्लाको मुच्चोक गा.बि.स का भुकम्प प्रभावित महिला तथा बालबालिका र देवी प्रा वि तथा जनप्रभात प्रा.बि का बालबालीकाहरुलाई फाइवर बलाडकेट ६१ परिवारका ६१ बालबालीकाहरुलाई वितरण गरियो । जिल्ला बाल कल्याण समिती गोरखाका बालअधिकार अधिकृत कमल श्रेष्ठ,सुचना अधिकृत शर्मिला धिताल, बाल गृह हरुको महासंघ नेपाल क्षेत्रिय समिती का महासचिव तथा बाल कल्याण संस्थाका व्यवस्थापक बिजय कुमार प्रधान, कोषाध्यक्ष शिव थापा, बिद्यालय का व्यवस्थापन समितीका अध्यक्ष नेत्रपाणी तिमिल्सिना रोहबरमा बितरण गरी भुकम्प प्रभाबित बालबालीका हरु लाई बिद्यालय जान हौसला प्रदान गरिएको बताईएको छ ।
