देउवा नआएपछि संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गियो

214
0
Share:

काठमाडौँ, २६ चैत-
भावी प्रधानन्यायाधीश चयनका विषयमा छलफल गर्न बसेको आजको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुङ्गिएको छ ।

नेपाली काँग्रेसको संसदीय दलको कार्यसम्पादन समितिको निर्वाचनका कारण सो दलका नवनिर्वाचित नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि परिषद् बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलले अर्को बैठक आउँदो आइतबार बस्ने जानकारी दिए ।
उमेर हदका कारण प्रधानन्यायाधीश कल्याण श्रेष्ठ आगामी वैशाख १ गतेदेखि अवकाश पाउँदै छन् । उनीपछि वरिष्ठतम न्यायाधीश सुशीला कार्की सो जिम्मेवारी पाउने क्रममा छिन् ।
नेपालको संविधानअनुसार संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिस गरेपछि राष्ट्रपतिबाट नियुक्त गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: