
श्यामशीत्तल परियार
लमजुङ, २६ चैत-
लमजुङ्गको सुन्दरवजार नगरपालिका ७ मा रहेको मातृभूमि वहुमुखी क्याम्पसमा प्रोजेक्टरको माध्यमवाट पठनपाठन शुरु गरिएको छ । शिक्षण सिकाई क्रियाकलापलाई थप प्रभावकारी वनाउने हेतुले क्याम्पसमा प्रोजेक्टरको माध्यमवाट पठनपाठन शुरु गरिएको क्याम्पस प्रमुख रामलाल श्रेष्ठले वताए ।
‘‘प्रोजेक्टरको माध्यमवाट पढाई हुँदा विद्यार्थी पढाईप्रति चासो राख्छन,” क्याम्पस प्रमुख श्रेष्ठले भने, ‘‘यसवाट विद्याथीको शैक्षिक विकासमा टेवा पुग्ने हामीले विश्वास लिएका छौँ ।”
क्याम्पसको शैक्षिक स्तर उकास्नका निमित्त शुक्रवार विद्यार्थी र प्राध्यपकहरुवीच छलफल समेत गरिएको छ ।
क्याम्पसमा पहिलो चोटी प्रोजेक्टरको माध्यमवाट पठनपाठन संचालन गरिएकोमा विद्यार्थीले खुशी जनाएका छन । ‘‘क्याम्पसमा प्रोजेक्टरको माध्यमवाट पढाई शुरु गरिएको छ, यसमा ज्यादै खुशी लागेको छ” वि.एड. द्धितिय वर्षमा अध्ययनरत छात्र श्याम परियारले भने, ‘‘यसले पक्कै पनि शिक्षण सिकाईमा प्रभावकारी भुमिका खेल्ने छ ।”
आधुनिक प्रणालीमा आधारित रहेर शिक्षा प्रदान गर्न पाउँदा क्याम्पसका प्राध्यपकहरु समेत हर्षित छन ।
यस कार्यलाई सवैले सकारात्मक रुपमा लिनुपर्ने क्याम्पसका उपप्राध्यपक हरिकृष्ण कोईरालाले वताए ।
‘‘क्याम्पसको राम्रो कामको सुरुवात भएको छ,” उनले थपे, ‘‘विद्यार्थी र सरोकारवाला सवैको क्याम्पसप्रति ध्यान जान सकेको खण्डमा क्याम्पसको शैक्षिक स्तर उकासिनेमा दुई मत छैन ।”
क्याम्पसमा ४ वर्षे वि.एड र वि.वि.एसका कक्षाहरु संचालन भैरहेका छन ।
