
मुम्बई, २६ चैत-
क्रिकेट प्रेमीमाझ निकै लोकप्रिय मानिने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिता भारतमा आजदेखि सुरु हुँदैछ ।
आइपिएलको यो नवौं संस्करण हो । ट्वेन्टी–ट्वेन्टी फरम्याटको हुने यो प्रतियोगिताको आज उद्घाटन हुनेछ भने भोलीदेखि मात्रै खेल सुरु हुनेछन् ।
करिब डेढ महिना चल्ने यो प्रतियोगितामा भारतका आठ टिम सहभागी हुँदैछन् ।
मुम्बईको नेशनल स्पोर्टस क्लवमा आज हुने उद्घाटनमा बलिउड हस्तीहरु सहभागि हुँदैछन् ।
कमेन्ट गर्नुहोस्
