
काठमाडौं, २६ चैत-
नेपाली काँगे्रस व्यवस्थापिका–संसद्, संसदीय दलको कार्यसमितिका लागि निर्वाचनको परिणाम सार्वजनिक गरिएको छ । आज बिहान ९ देखि दिउँसो १२ बजेसम्म विद्युतीय मतदान मेसिनबाट निर्वाचन गरिएको थियो ।
सात प्रदेशबाट एकरएकजना गरी सात र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम १५ गरी जम्मा २२ पदका लागि निर्वाचन भएको थियो ।
आजको निर्वाचनमा पनि सभापति शेरबाहदुर देउवा र नेता रामचन्द्र पौडेलको प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।
विजयी हुनेहरुमा प्रदेश नं. १ बाट दीपक खड्का, प्रदेश नं. २ बाट प्रेमकिशोर प्रसाद साह तेली, प्रदेश नं. ३ बाट ध्यानगोविन्द रञ्जित, प्रदेश नं. ४ बाट रामचन्द्र पोखरेल, प्रदेश नं. ५ बाट विक्रम खनाल, प्रदेश नं. ६ बाट तप्तबहादुर विष्ट र प्रदेश नं. ७ बाट भरतबहादुर खड्का रहेका छन् ।
यसैगरी, समानुपातिक समावेशी प्रतिनिधित्व समूहबाट मधेशीतर्फ महिला कोटाबाट प्रमिला देवी दास र रश्मी ठाकुर, मधेशी पुरुष एक पदका लागि राम अयोध्या प्रसाद यादव, दलित महिला एक पदका लागि आशा विक, दलित पुरुष एक पदका लागि नरभान कामी , आदिवासी जनजाती महिला दुई पदका लागि उषा गुरुङ र ज्ञान कुमारी छन्त्याल विजयी भएका छन् ।
यस्तै, आदिवासी जनजाती पुरुष दुई पदका लागि आङटावा शेर्पा र तीर्थबहादुर लामा, खस आर्य महिला दुई पदका लागि गिता वाग्ले र मधुशाही ठकुरी, खस आर्य पुरुष एक पदका लागि राजेन्द्र कुमार के. सी. रहेका छन् ।
यस्तै, थारु एक पदका लागि भोटनीदेवी खवास र मुस्लिम एक पदका लागि अब्दुल रज्जाक विजयी भएका छन् ।
कार्यसमिति सदस्यका लागि ७ प्रदेश र १५ समानुपातिक समावेशी प्रतिनिधित्वको आधारमा चयन हुने सदस्यसहित २२ पदका लागि ४० जनाको उम्मेदवारी परेको थियो । तर २२ मध्ये पिछडिएको क्षेत्रबाट राजिवविक्रम शाहको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचत भएका छन् ।
संशोधित विधान अनुसार, कांग्रेस संसदीय दलको कार्यसमितिमा दलको नेताले उपनेता, प्रमुख सचेतक र थप ९ सदस्य मनोनित गर्ने व्यवस्था छ।
