
पोखरा, २८ चैत-
मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय पूmटबल प्रतियोगिता मङ्गलबारदेखि वैशाख ११ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने भएको छ ।
उक्त प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहने छ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ११ पूmटबल टिम र भारतको युनाइटेड पूmटबल टिमले भाग लिने छन् । कास्की जिल्ला पूmटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा हुने उक्त प्रतियोगिताको विजेताले रु पाँचलाख पाँच हजार ५५५ र उपबिजेताले रु दुई लाख ५५ हजार ५५५, सिल्ल्ड, पदक र प्रमाणपत्र दिइने प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए ।
विजेता टिमलाई अघिल्लो वर्ष भन्दा यसवर्ष रु एक लाख ५० हजार पुरस्कार राशि वृद्धि गरिएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइनेछ ।
