
पोखरा, २८ चैत-
पूर्वपत्नीलाई ‘जबरजस्ती करणी’ गर्ने एक जनालाई कास्की प्रहरीले पक्राऊ गरेको छ । म्याग्दी पाखापानी २ का ३३ बर्षीयय टंक पाईजालाई प्रहरीले पक्राऊ गरेको हो ।
छुट्टिएर बसेका आफ्नै पुर्वपत्नीलाई पाईजाले नदिपुरसम्म जबरजस्ती आफ्नो मोटरसाईकलमा चढाएर लगेपछि करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कास्कीका अनुसार पाईजाले जबरजस्ती यातना दिएर पुर्वपत्नीको बलात्कार गरेका थिए ।
यातना दिएर बलात्कार गरेपछि पाईजाले पुर्वपत्नीलाई ‘केआईसिंह पुलबाट फालेर मार्दिन्छु’ भनेर धम्की समेत दिएका थिए । उनले त्यहि भन्दै पुर्वपत्नीलाई फिर्केपुलसम्म समेत पु¥याएका थिए । यद्यपी पाईजाका पुर्वपत्नी त्यहाँबाट भागेर घर जान सफल भईन् ।
प्रहरीमा उनले उजुरी गरेपछि पाईजालाई प्रहरीले पक्राऊ गरेर कारबाहि अगाडि बढाएको छ ।
