राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आन्दोलनरत पक्षलाई वार्तामा बोलाए

249
0
Share:

काठमाडौँ, ३० चैत-
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै आन्दोलनरत मधेसी दललाई वार्तामा आउन आह्वान गरेका छन् ।

मंगलबार साँझ नयाँ वर्ष २०७३ को पूर्वसध्यामा देशवासीलाई सम्बोधन गर्दै ओलीले संविधान कार्यान्वयन नै आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

पुननिर्माणको काम तीब्ररुपमा अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले भूकम्पबाट घर ढले पनि जनताको आत्मविश्वास नढलेको बताएका छन् । ओलीले भने, नाकाबन्दीले कर उपयुक्त समयमा उठ्न सकेको छैन तर भूकम्पबाट नेपाली जनताका घर ढले पनि जनताको आत्मविश्वास ढलेको छैन ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री नाकाबन्दी र भूकम्पले देशमा कर संकलन समयमा हुन नसकेपनि विकासको गतिलाई सरकारले तीब्र बनाउने बताए ।

उनले भूकम्पबाट बढि प्रभावित ११ वटा जिल्लामा पुननिर्माण कार्य द्रूत गतिमा सुरु गरिने बताए।

राजनीतिककर्मीले मुलुकको समृद्धि र दिगो विकासको सपना देख्न सक्नुपर्ने ओलीले बताए। उनले भने, राजनीतिकर्मीले मुलुकको समृद्धि र दिगो विकासका सपनाहरु देख्नुपर्छ।यसले नै भविष्यको संरक्षण गरेको हुन्छ।’
एसियाको दिगो विकासलागि छिमेकी देशहरुसँग हातेमालो गर्दै हिँड्नुपर्ने उनले बताए । ‘गरिबी र शान्ति सँगसँगै लाने कुरा होइन’, उनले भने, ‘यसका लागि सबै हातेमालो गरेर अगाडी बढ्नुपर्ने आवश्यकता छ ।’

देशलाई बलियो बनाउन आर्थिक विकासको दह्रो जगमा खडा हुनुपर्ने अहिलेको मुख्य चुनौती रहेको ओलीले बताए। उनले केरुङ-काठमाडौमा रेलमार्ग निर्माणका लागि सरकार लागि परेको बताए।

प्रमले एकवर्ष भित्र विद्युतको समस्या आधारभूतरुपमा समाधान गरि दुई वर्षभित्र चाहिएको जति विद्युत खपत गर्नसक्ने योजना सरकारले ल्याउन लागेको बताए।

‘त्यसको लागि आमजनताको लागत लगाउने र स्वदेशीको लगानीबाट आयोजना अगाडि बनाउने सरकारको लक्ष्य रहेको छ’, उनले भने, ‘कृषिमा आत्मनिर्भर हुनका लागि निर्वाहमूखी कृषिप्रणाली लागू गर्ने र यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ।’

कमेन्ट गर्नुहोस्
Share: