नयाँ बर्षको अवसरमा विगएफएमको बिशेष कार्यक्रम ‘गुडलक ७३’ आजबाट सुरु

Share:

पोखरा, १ बैशाख-
बिग एफएमले हरेक नेपाली नयाँ वर्षमा गर्दै आएको ‘गुडलक नयाँवर्ष’ यो सस्करण आजबाट सुरु भएको छ । ‘गुडलक ७३’ नाम दिएर यो पटक एफएमले ईभेन्ट आयोजना गरेको हो ।
हरेक अवसरलाई स्रोताहरुसँगै विशेष बनाउनका लागि एफएमले यस्ता खाले ईभेन्ट गर्दै आएको जनाएको छ । ‘स्रोताहरुसँग नजिकिने हाम्रो वहानामा व्यावसायिक हिसाबले बर्ष भरी नै स्रोता केन्द्रीत कार्यक्रमहरु गरिदै आएको एफ।एमका अध्यक्ष महेश भण्डारीले बताए ।
यो रेडियो ईभेन्ट बैशाख १ गतेदेखि ५ गतेसम्म चल्नेछ । ईभेन्ट अन्तरगत हरेक दिन एफएमले एउटा प्रश्न सोध्नेछ । र, स्रोताहरुले एसएमएसमार्फत त्यसको सहि उत्तर पठाउनुपर्नेछ । सहि उत्तर पठाउने स्रोताहरुमध्येबाट एफएमले हरेक साँझ ८ बजे एक जनालाई विजेता घोषणा गर्ने कार्यक्रम सँयोजक संजोग बस्यालले जानकारी दिए । सोधिएको प्रश्नको सहि उत्तर पठाउनका लागि स्रोताहरुले द्यक्ष्न् स्पेस दिई ँः लेखेर फेरि स्पेस दिएर सहि उत्तर लेखि ४३२१ मा पठानुपर्नेछ ।
यो सस्करणको लागि स्यालुट गोर्खा ट्रेनिङ सेन्टरले ब्यबशायिक सहकार्य गरेको छ । युवाहरुलाई लाहुरे ट्रेनिङ दिँदै आएको छ । त्यसैगरि व्यवसायीक सहकार्यतामा हेल्थी टिफिन होम, न्यूरोड पनि रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: