नयाँबर्षकै दिन पोखरा अन्तराष्ट्रिय विमानस्थल शिलान्यास, चार बर्षमा निर्माण सकेर पाँच बर्षमा सञ्चालनमा

Share:

पोखरा, १ वैशाख-
प्रधानमन्त्री केपी शर्मा ओलीले आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरे ।

पोखरा उपमहानगरपालिका– १४, १५ र १८ वडास्थित छिनेडाँडामा रहने सो विमानस्थलले तीन हजार सात सय पैँतीस रोपनी जग्गा ओगट्ने छ ।
चीन सरकारको सहयोगमा बन्ने नेपालको सो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र निर्माण गरिने राष्ट्रिय गौरवको आयोजना हो । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र नेपाललाई विश्व समक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडेको छ ।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले सो विमानस्थल निर्माण भएपछि पोखराको मात्र नभई समग्र नेपालको आर्थिक समृद्धिको ढोका खोलिने बताए ।
उनले निर्धारित समयमै विमानस्थल बन्ने दृढता पनि व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: