इन्डोनेसिया रभानुआटुमा फेरी शक्तिशाली भूकम्पको धक्का

Share:

हङकङ, ३ वैशाख-
इन्डोनेसियामा शुक्रबार ५.५ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले बताएको छ ।
इन्डोसियाको तोबेलोबाट ११२ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा गीनव्रीच समयाअनुसार शुक्रबार ४ः५० बजे सो भूकम्प आएको थियो ।
यस्तै, भानुआटुमा ६.४ रिक्टर स्केलको भूकम्प गएको समाचारमा जनाइएको छ । बन्दरगाह सहर ओल्एबाट ९५ किलोमिटर उत्तरपश्चिम इलाकामा भूकम्प आएको हो ।
भानुआटुमा यसै हप्तामात्र यो तेस्रो पटक यति शक्तिशाली भूकम्प गएको हो ।
भूकम्पबाट भएको मानवीय र एवम् भौतिक क्षतिको भने कुनै समाचार नआएको अधिकारीहरूको भनाई छ ।

कमेन्ट गर्नुहोस्
Share: