
बिग न्युज वैशाख ३ ,पोखरा । पछिल्लो समय युवायुवतिको साथ पाएका नायक हुन् अनमोल केसी । होस्टेल, ड्रिम्स लगायत नेपाली रजतपटमा राम्रो स्थान बनाउन सफल भएका छन् उनि अभिनित फिल्महरु । सँगसँगै अनमोलको क्रेज पनि बढ्दै छ।
भर्खरै उत्साहजनक व्यापार गरेको फिल्म ‘ड्रिम्स’बाट उनका फ्यानहरु अझै बढेका छन् । दर्शकले देखाएको क्रेजलाई ध्यानमा राख्दै उनि फेरी अर्को फिल्म ‘गाजलु’मा देखिदै छन् । र फिल्म जेठ २८ गते रिलिज हुँदैछ । फिल्ममा अनमोल सँगै मिस नेपाल सृष्टि श्रेष्ठ, सलोन बस्नेत लगायत छन् ।
फिल्मको ट्रेलर समेत रिलिज भइसकेको छ । जसलाइ युट्युव मार्फत २२ घण्टामा ६६ हजार बढि दर्शकले हेरेका छन् । यसअघि रिलिज गरिएको ‘तिमि आयौ’ बोलको गितलाइ पनि उत्तिकै मन पराइएको छ । जसलाई यो न्युज तयार गर्दासम्म तिन लाख बढीले हेरेका छन् ।
हेमराज बिसी निर्देशित चलचित्रलाई रोहित अधिकारी र बिसी स्यवंले निर्माण गरेका हुन् ।
