
काठमाडौँ, ४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानमा गएको शक्तिशाली भूकम्पका कारण जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
“प्रधानमन्त्रीले दुःखको यस घडीमा जापान सरकार र जापानी जनताप्रति सहानुभूति समेत प्रकट गर्नुभएको छ ।” प्रेस संयोजक अधिकारीले भने ।
जापानको दक्षिणी क्षेत्र कुमामोटोमा शुक्रबार ७.३ रिक्टर स्केलको भूकम्पका कारण ११ जनाको मृत्यु भएको छ भने सयौँंको सङ्ख्यामा मानिस घाइते भएका छन् ।
कमेन्ट गर्नुहोस्
