नेपालद्धारा नामिबिया ५ विकेटले पराजित, विश्वकप छनोट खेल खेल्ने सम्भावना कायम

Share:

काठमाडौं, ४ बैशाख-
वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७। १ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।

राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर र विनोद भण्डारीले सम्हाले । उनीहरुले १४।३ ओभरमा ८४ रनको अभिजित पार्टनरसीप गरे । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलको पहिलो इनिङमा नामिबियाले नेपालविरुद्ध १९५ रन बनाएको थियो ।

शरद र विनोदले ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित दिलाएका छन् । शरदले अर्धशतक पूरा गरेर नटआउट रहे भने विनोद पनि ४० रनमा नटआउट रहे ।
जवाफी ब्याटिङ गरेको नेपालका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले समान २१ रनको योगदान गरे । यस्तै नरेश बुढाएरले १६, राजेश पुलामीले ९ र राजु रिजालले ६ रन जोडे ।

नामिबिया विरुद्धको जितले नेपालको विश्वकप छनोट खेल खेल्ने सम्भावना कायम राखेको छ । छनोट खेल सन् २०१८ मा बंगलादेशमा हुँदैछ ।

कमेन्ट गर्नुहोस्
Share: