बृृहत् काहुँ खानेपानी तथा सरसफाई उपभोक्ता आयोजनाको अधिवेशन

Share:

पोखरा, ४ बैशाख-
पोखरा उपमहानगरपालिका वडा नम्बर २१ मा रहेको काहुँ खानेपानी तथा सरसफाई उपभोक्ता आयोजाको पहिलो साधारण सभा तथ अधिवेशन शनिबार भएको छ ।
साधारण सभाले कोषाध्यक्ष काशिनाथ लामिछानेले पेश गर्नुभएको ३० लाख ३९ हजार रुपैयाँको आयव्यय प्रतिवेद र सचिव सावित्री आचार्यले पेश गर्नुभएको बार्षिक प्रतिवेदन पारित गरेको छ ।
त्यसैगरी अधिवेशनले आगामी ३ बर्षे कार्यकालको लागि तदर्थ समितिका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मीनबहादुर गुरुङ्ग, सचिवमा बिष्णुमायाँ आचार्य, कोषाध्यक्षमा काशिनाथ लामिछाने, सहसचिवमा रामबहादुर हमाल र सदस्यहरुमा खेमराज आचार्य, दीपकप्रकाश आचार्य, भगवती आचार्य र सावित्री आचार्य चयन भएका छन् ।
क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय पोखराका प्रमुख नन्दलाल बञ्जाडेको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा नेपाली काँग्रेस पोखरा २१का सभापति बोधराज घिमिरे, नेकपा एमालेका अध्यक्ष नारायणप्रसाद आचार्य, एमाओवादीका प्रतिनिधि पूर्णबहादुर विक, नेकपा माओवादीका बिष्णु आचार्य, काहुँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार क्षेत्री, काहुँ आदर्श खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवबहादुर बस्नेत, फूलबारी—मणिपाल— काहुँ धरहरा मोटरबाटो उपभोक्ता समितिको अध्यष इन्द्रबहादुर गुरुङ्ग, नेपाल रेडक्रस सोसाइटीका सदस्य कृष्णप्रसाद आचार्य, इन्जिनियर सुनम थापा लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन समितिका सदस्य राजेन्द्र आचार्यले गर्नुभएको थियो ।
यस आयोजनाको मुख्य काम पोखरा २८ अर्मला र कास्कीको सिल्दुजुरे गाँउ विकास समितिको मुहानबाट पानी ल्याई काहूँमा एक घर एक धारा अभियान सञ्चालन गर्नु रहेको छ । यस आयोजनाको लागि नेपाल सरकारले गत आबमा ४१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: