पोखरामा सुगम संगीत यात्राको १० औँ श्रृङखला

Share:

पोखरा, ४ वैशाख-
‘नेपाली गीत संगीतको उत्थान, हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालित सुगम संगीत यात्राको १० औँ श्रृङखला शनिबार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा बौद्ध धर्म गुरु मिन गुरुले संगीत यात्राले मानव जिवनमा भएको दुखःसुख, पिर–कष्ट, घटनाहरु पुग नपुग भएका कुराहरुलाई संगीतले सरल तरिकाले मानिसहरुको मनलाई मन्त्र मुग्ध बनाउने बताए । उनले गीत संगीतमा लाग्ने ब्यक्तिहरुलाई गीत संगीतमा नेपाली मौलिकपन झल्कनुपर्ने भन्दै अनि मात्र गीत संगीतको जगेर्ना गर्न सकिने बताए ।
सोहि कार्यक्रममा नवराज बरालको शब्द ÷संगीत र बलराम गीरीको स्वरमा रहेको ‘पारीवन जल्यो’ गितको रिलिज गरिएको थियो ।
समाजसेवी भक्ति संगीत प्रतिष्ठान नेपालका द्धितिय उपाध्यक्ष बसन्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राम भक्त जोजिजुले स्वागत गीत प्रस्तुत गर्नुभएको थियो भने नवराज बराल र बराल सेवा समाजका निवर्तमान अध्यक्ष सोमनाथ बरालले शुभकामना मन्तब्य राखेका थिए ।
त्रिवेणी संङ्गीतालय, अनुपम म्युजिक, र जे.ई. म्युजिक एकेडेमिको आयोजनामा प्रत्येक महिनाको पहिलो शनिवार यो कार्यक्रम हुने गर्दछ भने नेपालमा विभिन्न जिल्ला लगायत दार्जिलिङमा पनि सुगम संगीत यात्रा सम्पन्न भइसकेको छ ।
सुगम संगीत यात्रामा प्रमिला बराल, अनु गुरुङ, श्रीधर कँडेल, शुभेच्छा राई, लक्ष्मी गिरी, पशुपती गुप्ता, युवराज बराल, रामविलास राईले गित गाउनुभएको थियो भने कार्यक्रमको संचालन अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: