
रेम बिक
पोखरा, ५ बैशाख-
नयाँ वर्ष २०७३ को अवसर पारेर बिग एफएमले आयोजना गरेको रेडियो गेम शो ‘गुडलक ७३’ अन्तरगत ४ जना विजेता बनेका छन् । बैशाख १ गतेदेखि संचालनमा आएको रेडियो गेम शोमा चौथो दिनसम्म आईपुग्दा कास्की थुमाकोडाँडाका शम्भूशरण सापकोटा, ढिकुरपोखरीका शालिकराम पौडेल, स्याङ्जा रापाकोटका ईश्वरी चापाँगाई र लमजुङका प्रविण थापा रहेका छन् ।
रेडियो गेम शो वैशाख ५ गतेसम्म चल्नेछ । हरेक अवसरलाई स्रोताहरुसँगै विशेष बनाउनका लागि एफएमले यस्ता खाले ईभेन्ट गर्दै आएको जनाएको छ । यो ईभेन्ट अन्तरगत हरेक दिन एफएमले एउटा प्रश्न सोध्छ । र, स्रोताहरुले एसएमएसमार्फत त्यसको सहि उत्तर पठाएउनुपर्नेछ । सहि उत्तर पठाउने स्रोताहरुमध्येबाट एफएमले हरेक साँझ ८ बजे एक जनालाई लक्की ड्र गरेर विजेता घोषणा गरिरहेको छ ।
सोधिएको प्रश्नको सहि उत्तर पठाउनका लागि स्रोताहरुले द्यक्ष्न् स्पेस दिई ँः लेखेर फेरि स्पेस दिएर सहि उत्तर लेखि ४३२१ मा सेन्ड गर्नुपर्ने हुन्छ । यो सँस्करणको नयाँ वर्षे ईभेन्टका लागि स्यालुट गोर्खा ट्रेनिङ सेन्टर र हेल्दी टिफिन बेकरीले व्यावसायिक सहकार्य गरेका छन् ।
