
पोखरा, ५ बैशाख-
लक्ष्मी हुण्डाइ मनाङमस्र्याङदी क्लव पाँचौ पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । पोखरा रंगशालामा आइतबार सम्पन्ने खेलमा रमपम झापा ११ लाई १—० ले हराउदै मनाङ अन्तिम चारमा पुगेको हो ।
खेलको अतिरिक्त समयमा विश्वास श्रेष्ठले गरेको एक मात्र गोलनै निर्णायक बन्न पुग्यो । अन्तिम समयमा सम्हालिन नसक्दा झापा प्रतियोगिताबाट वाहिरियो । श्रेष्ठ आजको खेलको म्यान अफ दि म्याच घोषित भए । पोखरा कपमा दोस्रो र तेस्रो संस्करणको विजेता मनाङले फाईनल प्रवेशको लागि बैशाख ८ गते शसस्त्र प्रहरीको एपिएफ क्लबसँग खेल्नेछ । मनकापमना पोखरा कप अन्तर्गत सोमबार थ्री स्टार क्लव र त्रिभुवन आर्मी क्लव विच खेल हुने छ ।
मनाङले गत माघमा पोखरा रंगशालामै सम्पन्न १४ औं आहा रारा गोल्डकपको उपाधि समेत जितेको थियो । तीन महिना अघि सम्पन्न खेलमा झापा ११ लाई ४—० ले हराएको मनाङ जीत दोहो¥याउन सफल भएको हो ।
खेल पश्चात सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै लक्ष्मी हुण्डाई मनाङ मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आइतबारको खेलमा मनाङको खेलाडीले रणनिती अनुसार खेल प्रस्तुत नगरेको वताए । खेलको शुरुको ७ मिनेटको अवधिमा अवसर पाउदापनि गुमाउनुपर्दा सोचेजस्तो खेल हुन नसकेको उनको भनाइ रहेको थियो । आइतबारको खेलबाट आफु सन्तुष्ट नभएको समेत गुरुङले वताए ।
त्यस्तै रमपम झापा एघार का क्याप्टेन प्रभेष कटवालले आफ्नो खेलाडीको गल्तीका कारण आजको खेलमा पराजित हुनु परेको वताए । आफ्नो टीमले गोल गर्ने प्रसस्त अवसर पाउदा पनि गोल गर्न नसक्नु झापाको लागी दुर्भाग्य भएको उनले वताए । प्रतियोगिताको फाईनल खेल बैशाख ११ गते हुनेछ ।
