
पोखरा, ५ बैशाख-
सार्वजनिक स्थानमा महिला र किशोरी माथी दुव्र्यवहार विरुद्ध पोखरामा किशोर किशोरीहरुले साइकल ¥याली गरेका छन् ।
कार्यक्रम सिद्धार्थ क्लब पोखरा, एक्टिभिष्टा कास्की र महिला अधिकार मञ्च कास्कीले आयोजनामा गरिएको हो । कार्यक्रममा बाटो, पुल, भवन, प्रतिक्षलय, सार्वजनिक यातायतका साधानहरु महिला तथा किशोरीहरु सुरक्षित तरिकाले प्रयोग गर्न सक्ने वातावरणका लागी सचेतना फैलाउन साइकल ¥यालीको आयोजना गरिएको सिद्धार्थ क्लबका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।
सचेतनामूलक ब्यानर र पर्चा हल्लनचोक देखी सुरु भएको ¥याली हल्लनचोक, बाराहीचोक, सहीदचोक, रत्नचोक, सिर्जनाचोक, सिद्धार्थ चोक प्रस्याङचोक, शान्तिनगरचोक हुदै पुनः हल्लनचोकमा गएर अन्त्य भएको हो ।
कार्यक्रम महिला र किशोरी माथी हुने हिशां बिरुद्धको अन्तराष्ट्रिय सप्ताहव्यापी अभियानको क्रममा कार्यक्रम आयोजना गरिएको सिद्धार्थ क्लवका कार्यक्रम सयोंजक बलराम तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष अनिल श्रेष्ठ, कार्यक्रम सयोंजक बलराम तिमिल्सिना, नागरिक शिक्षा अधिकृत तथा एक्टिभिष्ट नेपालका पश्चिमाअञ्चल सयोंजक मुना पुन, बाल प्रयोजन प्रमुख हेमराज अधिकारी, सामाजिक परिचालक तथा किशोरी सञ्जाल कास्कीका कोषाध्यक्ष रश्मि भण्डारी किशोरी समुह नेपालका अध्यक्ष मोनिका रानाभाट लगायत अन्य एक्टिभिष्टा कास्की, किशोरी समूह कास्कीका सदस्यहरुको उपस्थिती रहेको थियो ।
