
रेम बिक
पोखरा, ५ बैशाख-
पोखरा र आसपासमा मोटरसाईकल चोरी गर्दै आएको गिरोहलाई प्रहरीले धादिङबाट समातेको छ । पोखराबाट मोटरसाईकल चोरी गरेर धादिङ पु¥याई त्यसको किनबेच समेत भैसकेको सूचनाको आधारमा कास्की प्रहरीले धादिङ प्रहरीसँग समन्वय गरि तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धादिङ झर्लाङ २ का २५ वर्षिय राहुल तामाङ, सोहि ठाऊँका अर्जुन तामाङ र रसुवा स्याफ्रुवेंशी ९ का आमोश तामाङ रहेका छन् ।
गत मंसिर २२ गते हल्लनचोकस्थित टेकनाथ भण्डारीको ग १० प ६७३३ नम्बरको बुलेट मोटरसाईकल राहुल र अर्जुन मिलेर चोरी गरि धादिङ पु¥याएको प्रहरीले जनाएको छ । चोरीको मोटरसाईकललाई आमोशले किनेका थिए । धादिङ निलकण्ठ नगरपालिकाको पुछारबजारबाट प्रहरीले तीनैजनालाई पक्राउ गरेको हो । उनीहरुलाई चोरी मुद्दामा म्याद थप गरि अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ । प्रारम्भिक सोधपुछका आधारमा पक्राउ परेका तीन जना मध्ये अर्जुन तामाङ यसअघि पनि मोटरसाईकल चोरीको केशमा ४ वर्ष जेल बसिसकेका व्यक्ति हुन् । उनी असोज महिनामा मात्रै छुटेका थिए ।
