
काठमाण्डौं, ८ वैशाख-
दाङ्ग नारायणपुरका आरभ घिमिरेको अहिले काठमाण्डौंको कान्ति बाल अस्पतालमा उपचार भईरहेको छ ।
डेढ वर्षीय आरभको उपचारको क्रममा मुटुमा प्वाल पर्नुका साथै निमोनियाको पनि समस्या देखिएको र परिवारको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा थप समस्या भएको उपचारमा सहयोग गर्दै आएकी पूजा भण्डारीले बताईन् ।
उनका अनुसार आरभको कान्ति बाल अस्पतालमा अहिले निमोनियाको उपचार भईरहेको छ ।
मंगलवार मात्र आरभलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको थियो । डाक्टरका अनुसार विहिवारसम्ममा आरभको डिस्चार्ज हुने र त्यसपछि मुटुको उपचारका लागि गंगालाल मुटुरोग केन्द्रमा लैजाने तयारी छ । तर परिवारको आर्थिक अभाव निकै नाजुक भएकाले उपचारमा समस्या हुन सक्ने भन्दै उनले सहयोगको लागि सहयोगि मनहरुसँग आग्रह गरेकी छन् । आरभको उपचारमा के कति खर्च लाग्छ भन्ने अझै एकिन नभएको उनको भनाई छ । र पनि मुटुको उपचार हुने भएकाले खर्च धेरै लाग्न सक्ने अनुमान छ । तर आरभका वुवा आमा गाउँमै सामान्य खेति किसान गर्र्ने भएकाले उपचारको क्रममा आर्थिक अभाव हुने उनी बताउँछिन् । अहिलेसम्मको उपचार खर्चमा पनि उनी आफैले सहयोग गरेको उनको भनाई छ ।
एक्कासी विरामी भएपछि आरभलाई सोमवार राति अन्तराष्ट्रिय मैत्री बाल अस्पतालमा आकस्मिक कक्षमा भर्र्ना गरिएको थियो । अनि मात्र उनको रोग पत्ता लागेको पूजाको भनाई छ । तर त्यहाँ डाक्टरले ठुलो रोग लागेको र उपचारमा धेरै खर्च हुने भन्दै डराउन दिएको र सामान्य ज्वरोको औषधी पनि खान नदिएको पुजाको गुनासो छ ।
