
श्यामशीत्तल परियार
लमजुङ, ८ वैशाख-
लमजुङको अर्चलवोट गाविस प्राकृतिक सम्पदाका साथै धार्मिक, ऐतिहासिक दृष्टिले निकै महत्व वोकेको गाविस हो । अर्चलवोट ७ मा रहेको अलैँचे कालिका मन्दिरको त झनै ठुलो धार्मिक महत्व रहेको अग्रजहरु वताउँछन । विशेषगरी दशैँमा पुजाआजा गरिने कालिका मन्दिर जीर्ण जन्दै गएपछि स्थानीहरुको पहलमा प्यागोडा शैलीमा झण्डै ९ लाख भन्दा वढि रकम खर्चेर ३ तले कालिका मन्दिरको निर्माण गरिएको छ ।
मंगलवार मन्दिरमा विशेष धार्मिक कार्यक्रमका वीच दक्ष कालिगढद्धारा वनाईएको विशाल कालिका मुर्तीको प्राण प्रतिष्ठा समेत गरिएको छ ।
समुद्री सतहवाट करिव ९ सय मिटरको उचाईमा कालिका मन्दिर रहेको छ । मन्दिरवाट लमजुङ, अन्नपुर्ण र माछापुच्छ्रे हिमालको दृश्यवलोकन र सूर्योदयको समेत अवलोकन गर्न सकिन्छ ।
त्यसैले पनि सवैको साथ सहयोग मिल्ने र प्रचारप्रसार हुन सकेमा अर्चलावेटमा कालिका मनिदरकै माध्यमवाट धार्मिक र पर्यटन विकास हुन सक्ने समभावना देख्छन, अलैँचे कालिका मन्दिर निर्माण समितका अध्यक्ष राजु लामिछाने ।
त्यस्तै, मन्दिर सिंगो अर्चलवोटको साझा धार्मिक सम्पत्ति रहेकाले यसको संरक्षण र सर्वद्र्धनमा सवै हातमोलो गर्नुपर्ने धारणा छ, अर्चलवाटे निवासी हरिमाया कुँवरको ।
गाउँमा कलात्मक मन्दिर वनेपछि अखर्चलवोट वासीमा खुशी छाएको छ । मन्दिर निर्माणका लागि आफुहरुले रगत पसिना वगाएकाले मन्दिरको संरक्षण र संवद्र्धनमा सदैव आफुहरु लागिपर्ने अर्चलवोट वासीहरुले जनाएका छन ।
