पत्रकारबीच भएको महिला दौडतर्फ विग एफएमकर्मी पौडेल प्रथम

Share:

पोखरा, ८ बैशाख-
भूतपुर्व खेलाडी मञ्च नेपालले आफ्नो स्थापना दिवशका अवसरमा पत्रकारहरु विच दौड प्रतियोगिता गरेको छ । वुधवार भएको प्रतियोगितामा महिलातर्फ विग एफएम सहकर्मी तारा पौडेल प्रथम, बिनु मस्राङी (गण्डकी टेलिभिजन) दोश्रो, अनिता दाहाल (कन्चन अनलाइन मिडिया) तेश्रो तथा पुरुष तर्फ भिम थापा (रेडियो सफलता) प्रथम, अमीत श्रेष्ठ (नेपाली टच डट कम) दोश्रो र सन्तोष बस्याल (अन्नपूर्ण एफ एम) तेश्रो भएका छन् ।

प्रथम, द्धितिय र तृतिय हुन सफल प्रतियोगिले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
मानवअधिकार चोक चिप्लेढँुगादेखि शुरु प्रतियोगिता, बि.पि चोक, महेन्द्रपुल, पालिखे चोक, नदीपुर, पिएन क्याम्पस चोक, ट्याक्सी चोक, विन्धवासिनी, मोहोरिया टोल, भिमसेन चोक,नालाकोमुख, गणेश टोल, सिद्धार्थ चोक हुँदै पूनः मानवधिकार चोकमा आएर समापन भएको थियो । दौड ५ किलोमिटरको रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: