लोकतन्त्र दिवसको अवसरमा नयाँ शक्तिले बैशाख ११ गते पोखरामा अन्तरक्रिया गर्ने

Share:

पोखरा, ९ बैशाख-
नयाँ शक्ति नेपाल अन्तरिम प्रादेशिक परिषद प्रदेश नं. ४ ले ११ औं लोकतन्त्र दिवसका अवसरमा पोखरामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
पोखरा सिर्जनाचोकस्थित व्हाइट हाउस पार्टी प्यालेसमा बैशाख ११ गते पुर्वान्ह साढे ११ बजे शुरु हुने अन्तरक्रिया कार्यक्रममा नयाँ शक्ति नेपालका नेताहरु मुमाराम खनाल, रामेश्वर खनाल, करिश्मा मानन्धर, केशव दाहाल, सुरेन्द्र चौधरी लगायतले विचार व्यक्त गर्नुहुने प्रदेश नं. ४ प्रादेशिक परिषद संयोजक देवेन्द्र पराजुलीले जानकारी दिए ।
नयाँ शक्ति नेपालको देशव्यापी अन्तरक्रिया कार्यक्रमको अभियान अन्र्तगत पोखरामा कार्यक्रम गर्न लागिएको अभियन्ता जितबहादुर तमु मामाले जानकारी दिए ।
कार्यक्रममा आदिवासी जनजाति लगायत तमु समुदायको विशेष उपस्थिती रहेने अभियन्ता मामाले बताए ।

कमेन्ट गर्नुहोस्
Share: