
हेमजा १२, कास्की-
कास्कीको हेमजामा आलु भण्डार गृह निमार्ण हुने भएको छ।
श्री बहुउद्देश्यीय किसान सहकारी संस्था लि. र व्यवसायिक कृषि तथा व्यापार आयोजनाको पुरक अनुदानमा सञ्चालित आलु उत्पादन तथा बजारिकरण कार्यक्रम अन्र्तगत सो आलु भण्डार गृह निमार्ण हुने भएको हो ।
हेमजाको शान्तिचोक रहेको संस्थाको आफनै नाममा रहेको जग्गामा आधा रोपनी क्षेत्रफलमा हाललाई निमार्ण हुने २ तले ६ कोठे भवनको आज एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथि व्यवसायिक कृषि तथा व्यापार आयोजना कार्यान्वय सहयोग समुहका प्रमुख बसन्त कुमार श्रेष्ठले शिलान्यास गर्नुभएको हो । उक्त भवनको पहिले ४६ लाख लागत अनुमान गरिएपनि हाल आएर ५२ देखि ५५ लाख लागत लाग्न सक्ने अनुमान गरिएको संस्थाका अध्यक्ष धर्मराज बास्तोलाले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि व्यवसायिक कृषि तथा व्यापार आयोजना कार्यान्व्यन सहयोग समुहका प्रमुख बसन्त कुमार श्रेष्ठले आलु उत्पादन क्षेत्रको रुपमा विकास गनुपर्नेकुरामा जोड दिदैँ अझ आवश्यक सहयोग प्रतिवद्धता जाहेर गर्नुभएको थियो । भवन शिलान्यास गर्नुमात्र ठूलो कुरा नभइ सबैको सहयोगले मात्र भवनको पूर्णता हुने श्रेष्ठको भनाई थियो ।
