बंगलादेशमा प्राध्यापकको हत्या गर्ने आइएसका सदस्य पक्राउ

Share:

बङ्गलादेश, १२ वैशाख-
बङ्गलादेशको प्रहरीले एक विश्वविद्यालयका प्राध्यापकको शनिबार हत्या गर्ने एक इस्लामिक विद्यार्थीलाई पक्राउ छ । यस हत्याको इस्लामिक स्टेट्स समूहले जिम्मा लिएको थियो ।

बङ्गलादेशको उत्तरपश्चिममाअवस्थित राजशाही शहर निवासी ५८ वर्षीय सरकारी विश्वविद्यालयमा अध्यापनरत रजाउल करिम सिद्धिकीलाई घरबाट बस स्टेसनमा जाँदै गर्दा पछाडिबाट छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको थियो ।

उहाँले विश्वविद्यालयमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आउनुभएको थियो । शनिबार भएको हत्याको आरोपी २१ बर्षीया राजशाही विश्वविद्यालयका विद्यार्थीलाई पक्राउ गरिएको बङ्गलादेशको उत्तरपश्चिमी सहर राजशाहीका उप प्रहरी निरीक्षकले एएफपी समाचार समितिलाई बताए ।

कमेन्ट गर्नुहोस्
Share: