पोखराको रामबजारबाट १ सय ६० सिलिउण्डर ग्याँससहित पसल सञ्चालक पक्राउ

Share:

पोखरा १२ बैशाख-
अभावको मौकामा बढी मूल्यमा बिक्रि गर्न लुकाइराखिएको ग्याँससहित प्रहरीले एकजलाई पोखराबाट पक्राउ गरेको छ ।
पोखरा १० रामबजार स्थित गोशली भाडा पसलबाट १ सय ६० सिलिण्डर ग्यास बरामद गरिएको हो । बढी मूल्यमा ग्यास विक्री गर्ने गरेको सुचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले एनसी कम्पनीका ग्यास सिलिण्डरहरु बरामद गरेको हो ।
प्रति सिलिण्डर ४५ सयको दरले ग्यास विक्री गर्ने पसल सञ्चालक अशोक गोशली पनि पक्राउ परेका छन् । उनीमाथि कालोबजारी ऐन अन्तर्गत कारवाही अघि बढाइने डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
यसअघि बैशाख ९ गते पोखराको सिर्जनाचोक स्थित एक किराना स्टोर्सका सञ्चालक पनि कालोबजारीमा बेच्दै गरेको ९ सिलिण्डर ग्यास सहित पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: