आत्मघाती हमलापछि बन्द ब्रसेल्स मेट्रो स्टेसन एक महिनापछि बल्ल सञ्चालन

Share:

ब्रसेल्स, १४ वैशाख-
एक महिनाअघि आत्मघाती बम आक्रमणपछि बन्द ब्रसेल्स मेट्रो स्टेसन सोमबारदेखि सञ्चालनमा आएको छ ।

मेट्रो स्टेसनमा एक आत्मघाती बम आक्रमणकारीले विस्फोट गराउँदा १६ जनाको ज्यान लिएको हृदयविदारक हमलापछि केही समय अनुसन्धानका लागि बन्द गरिएको थियो । स्टेसनमा भएको विभत्स हमलापछि सुरक्षा अवस्थालाई पनि मध्यनजर राख्दै सेवा बन्द गरिएको थियो ।

घटनालाई विस्तारै बिर्सिदै गएपछि स्थानीयहरु सेवाका लागि स्टेसन पुग्न थालेका र प्राय अनुसन्धानको काम पनि सकिएकाले मालविक रेल स्टेसन खुला भएको स्टेसनका कर्मचारी भेनेसा सालेम्बिरले बताए ।

कमेन्ट गर्नुहोस्
Share: