कास्कीका ९ वटा ताल रामसारमा सूचीकृत भएपछि यसका अवसर र चुनौतीका बिषयमा छलफल

Share:

वैशाख १५, पोखरा-
पोखरामा रहेका ९ वटा ताल विश्व सम्पदा रामसारमा सुचिकृत भईसकेको ती मध्ये ७ ताल लेखनाथ नगरपालिकामा भएको अवस्थामा यहाँका स्थानीयहरुलाई रामसारका अवसर र चुनौती बारे जानकारी दिने उदेश्यले रामसारका अवसर र चुनैति विषयक अन्तरक्रिया गोष्ठि लेखनाथमा भएको छ ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा आयोजना गरिएको रामसारका अवसर र चुनौती विषयक गोष्ठि कार्यक्रममा अध्यक्ष त्रिपाठीले सहभागिहरुलाई स्वागत गर्दै तालहरुको पहिचान कास्की जिल्लाका तालहरु रामसार सुचीमा समावेश भएकोमा खुसी व्यक्त गर्दै यसका लागि हामी सवै एकजुट भई तालको संरक्षणमा जुट्नका लागि आग्रह गरेका थिए ।

नेपाल सरकार, वन तथा भुसंरक्षण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक साथै नेपाल सरकारको तर्फबाट रामसार सम्पर्क व्यक्ति डा. महेश्वर ढकालले सहज र सरल रुपमा रामसारको अवसर र चुनौती सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुहुदै रामसारमा सुचिकृत भए पश्चात हुने अवसर फाईदाका वारेमा जानकारी दिदै तालहरु रामसारमा पर्नाले स्थानिय क्षेत्रको मात्र नभई विश्वकै एजेन्डाको विषय भएको र जसबाट विश्वकै मानिसहरु यसबारे चिन्ता र मनन् गर्ने छन् उनको भनाई थियो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी दामोदर भण्डारीले पोखराका ताल संरक्षण समितिको बैठक छिट्टै बस्ने र रामसारमा सुचिकृत नौ वटै तालहरुलाई समेटेर गुरुयोजना बनाउने बताउँदै सवैले मिलेर ताल संरक्षणमा सवै एक हुनका लागि आग्रह गरेका थिए ।

पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बावुराम गिरी, पूर्व अध्यक्ष चतुराखर अधिकारी, ली वर्ड पोखराका कार्यक्रम आशाराम गुरुङ लगायतले तालको संरक्षण गर्ने दायित्व र जिम्मेवारी स्थानीयको भएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: