
युगान्डा, १५ वैशाख-
तान्जानिया र टङ्गा बन्दगाहमा पाइप विछ्याउने सम्झौतापश्चात युगान्डाले कच्चा तेलको उत्पादन सन् २०१८ सम्ममा सुरु गर्नेमा युगान्डाका अधिकारीले आफूहरु विश्वस्त भएको बताएका छन् ।
युगान्डाका ऊर्जा मन्त्रालयका प्रवक्ता बुकेन्यामाटोभुले पाइप लाइन विछ्याउने सम्बन्धमा महिनौँ लामो अन्यौलपछि मङ्गलबार तान्जानियासँग सम्झौता भएको बताउँदै युगान्डाले अबको दुई वर्षभित्र कच्चा तेल उत्पादन गर्न सुरु गर्ने बताए ।
केन्याका राष्ट्रपतिसहितका क्षेत्रीय नेताहरुको यसहप्ता भएको छलफलपछि सम्झौता गर्न सहमति गरेपछि भूपरिवेष्ठित युगान्डाका लागि कच्चा तेल उत्पादन गर्ने सहमति मिलेको हो ।
युगान्डाका लागि लामु बन्दरगाह तेल आपूर्तिका लागि एउटा मात्र विकल्प थियो ।
कमेन्ट गर्नुहोस्
