MRR पोखराको अर्को सामाजिक कार्य, ‘सडक बालकलाई नुवाईधुवाइ, खाजा र कपडा’

Share:

रञ्जन अधिकारी पोखरा, २३ वैशाख / युवामाझ चर्चित फेसबुक समुह मेन्स रुम रिलोडेड (एमआरआर) ले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न गतिविधि गर्ने क्रममा विहीबार पोखरामा सडक बालकलाई कपडा वितरण गरेको छ ।

MRR

यहाँकै सडक बालकसँग ‘भोकालाई मानो, नाङ्गोलाई न्यानो’ अभियान सम्पन्न गरिसकेको एमआरआर पोखराले उनीहरुलाई नुहाई धुवाई गरिदिएर नयाँ कपडा वितरण गरेको हो । चाईल्ड वेलफेयर स्किम नेपाल (सीडब्लुएसएन), न्युरोडको ज्योति स्ट्रीट प्रोजेक्ट, हिमालयन लाईफ केयर, पृथ्वीचोकको सहयोगमा पोखरा नगरक्षेत्रमा रहेका ५० बढि बालकहरु जम्मा गरी टिसर्ट सहित एक जोरका दरले कपडा वितरण र खाजा खुवाएको एमआरआर पोखरा प्रतिनिधि सुर्य तिमिल्सिनाले जानकारी दिए ।

image-7da13710fde097105dc08b6933463da74c87f54834fbe0cd4ce0c9c4b1b0b2ef-V

वितरित टिसर्टमा ‘मलाई आत्मसन्नाका साथ बाँच्न देउ’ र ‘आवाज विहीनको आवाज एमआरआर’ लेखिएको छ । उनीहरुसँग आत्मीय सम्बन्ध कायम गर्दै समाजमा पुर्नस्थापित गराउने योजनाका साथ एकपछि अर्को सडकबालक लक्षित कार्यक्रमहरु सञ्चालन गरेको एमआरआर पोखराले बताएको छ ।

कार्यक्रम संयोजक समेत रहेका तिमिल्सिनाले सबैको सहयोगबाट पोखरामा फेरि सामाजिक कार्य गर्न सम्भव भएको बताए । उनले सहयोगी सबैलाई आभार व्यक्त गर्दै यो कार्यमा खटिने पोखरा स्थित एमआरआर मेम्बरहरु पनि धन्यवादको पात्र भएको बताए । एमआरआर कतारबाट १० हजार, एआरआर कोरियाबाट छ हजार पाँच सय, हिमचन्द्र ट्रष्टबाट पाँच हजार, जर्मनीमा रहेका नलिना र प्रकाश पौडेलबाट पाँच हजार, डब्लुआरआर मार्फत पारु गुरुङले आठ हजार दुई सय ५० लगायतबाट करिब ३५ हजार संकलन भएको तिमिल्सिनाले बताए ।

image-247904d82732e7b4615410e1d4c15379644f5e3a1d21ae75a773e22c7138973d-V

एमआरआर पोखरामा ४० बढि सक्रिय युवाहरु रहेका छन् । पोखराका विभिन्न सार्वजनिक स्थलमा सरसफाई कार्यक्रममा जुट्ने अर्का मेम्बर सविन न्यौपानेले जानकारी दिए । एमआरआर पोखराले यसअघि ‘तान भाई तान आत्मनिर्भरताको शान’ भन्ने मुल नाराका साथ नेपाली पहिचान झल्कने ढाका टोपी र गोल्डस्टार जुत्तामा सहभागि हुँदै नाकाबन्दीको विरोधमा डोरीले गाडी तान्ने, बन्द विरुद्ध अब युवाहरु जाग्नुपर्छ भन्दै बन्द विरुद्धको ¥याली, पोखराका विभिन्न स्थानमा सरसफाई, शान्ति सद्भाव ¥याली आयोजना गरिसकेको छ । समूहमा रहेका विभिन्न ठाउँका युवाहरु एकीकृत भई सामाजिक कार्यहरु गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: