राजदूत फिर्ता बाेलाउने निर्णयप्रति काँग्रेसकाे अापत्ति

263
0
Share:

काठमाडौं, २५ बैैशाख-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ ।

व्यवस्थापिका संसदको बैठकमा समय माग गर्दै कांग्रेस सांसद प्रकाशशरण महतले राजदुत उपाध्यायलाई फिर्ता बोलाउनुको कारणबारे सदनमा जवाफ दिन सरकारसँग माग गरे ।

उपाध्यायप्रति सरकारले लगाएको आरोप कांग्रेससँग प्रतिशोध साँध्ने काम भएको उनले बताए । केपी शर्मा ओली नेतृत्वको सरकार फेर्न एकीकृत माओवादीले चाहेकाले त्यसको आरोप राजदूतमाथि लगाउनु निन्दनीय भएको उनको भनाइ छ ।

‘राजदूत उपाध्यायले प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता लिनु भनेको हो र ?’ भन्दै महतले यो विषयमा प्रचण्डले पनि जवाफ दिनुपर्छ भने ।

सरकारको निर्णयले परराष्ट्र मामिलामा खेलवाड भएको भन्दै कांग्रेसले यस्ता कार्य बन्द गर्न माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: