बेलायतमा पहिलाेपटक मुश्लिम मेयर निर्वाचित

Share:

वैशाख २५, बेलायत-

बेलायतको मुख्य विपक्षी दल लेबर पार्टीका नेता सादिक खान लण्डनको मेयरमा निर्वाचित भएका छन् । खान निकटतम प्रतिद्वन्द्वी कन्जर्वेटिक पार्टीका ज्याक गोल्डस्मिथलाई हराएर लण्डनको मेयर बनेेका हुन् । खानले १३ लाख १० हजार एक सय ४३ तथा गोल्डस्मिथले ९ लाख ९४ हजार ६ सय १४ मत प्राप्त गरे ।

खान लण्डनको मेयरमा निर्वाचित हुने पहिलो मुस्लिम हुन् । यस्तै उनी युरोपियन युनियनमा रहेका देशको राजधानीको मेयर बन्ने पहिलो मुसलमान भएका छन् ।

बेलायतका अरु क्षेत्रमा भने लेबर पार्टीले त्यती राम्रो प्रदर्शन गर्न सकेन । स्कटल्याण्डमा लेबर पार्टी तेस्रो स्थानमा सीमित भएको छ । बेलायतमा मेयरसँगै संसद तथा शहरको प्रतिनिधि चयनका लागि मतदान भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: