
पोखरा, २५ वैशाख / प्रेस चौतारी नेपालको आठौ अधिवेशनका लागि कास्कीबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटको लागि शनिबार बसेको भेलाले कार्यसमितिलाई नै प्रतिनिधि छनोटको जिम्म दिएपछि कार्यसमितिले ११ जना प्रतिनिधि र ६ जना पर्यवक्षक छनोट गरेको अध्यक्ष माधव बरालले बताए ।
प्रतिनिधिमा पुण्य पौडेल, नवराज सुवेदी, श्रीराम सिग्देल, श्याम कुवर,दिपेन्द्र श्रेष्ठ, एकराज गिरी,गोविन्द सुवेदी र रञ्जन अधिकारी, रहेका छन् । त्यसैगरी महिला प्रतिनिधि तर्फ मिना गुरुङ, कृपा भण्डारी र जमुना बर्ष शर्मा रहेका छन् ।
पर्यवक्षक तर्फ बद्रिविनोद प्रतिक, खेम सारु, राजु भण्डारी, इन्द्र पौडेल, इश्वरी पौडेल र सुरेन्द्र पौडेल रहेका छन् । प्रेस चौतारी नेपालको आठौ अधिवेशन जेठ ६ गतेदेखी ८ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
