
काबुल, २६ बैशाख-
अफगानिस्तानको घाञ्जी प्रान्तमा दुई वटा बस र इन्धन बोकेको एउटा ट्याङ्कर ठोक्किदा ५२ जनाको मृत्यु भएको छ ।
प्रान्तको मुख्य राजमार्गमा भएको दुर्घटनामा अन्य ७३ जना घाइते भएका छन् ।
दुर्घटनालगत्तै आगो लागेका कारण तीनवटै सवारी साधन पूर्ण रुपमा जलेका छन् । अफगानिस्तानमा कमजोर ट्राफिक नियमका कारण सडक दुर्घटना धेरै हुने गर्दछन् ।
कमेन्ट गर्नुहोस्
