राष्ट्रपतिद्धारा नीति तथा कार्यक्रम प्रस्तुत, दश वर्षमा दशहजार मेगावाट विद्युत् निकाल्ने लक्ष्य

338
0
Share:

काठमाडौँ, २६ बैशाख-
सरकारले आगामी १० वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्मा आज घोषणा गरेको आर्थिक वर्ष २०७३/७४ को वार्षिक नीति तथा कार्यक्रममा सो कार्यक्रम समेटिएको हो।

यस्तै, सरकारले सातवटै प्रदेशमा जलाशययुक्त आयोजना अगाडि बढाउने लक्ष्य अगाडि सारेको छ भने बहुउद्देश्यीय जलविद्युत् आयोजना अगाडि बढाउने र जनताको लगानीमा जलविद्युत् आयोजना अगाडि बढाई विदेशमा काम गर्ने नेपालीलाई सहभागी गराउने लक्ष्यसमेत राखिएको छ।

कमेन्ट गर्नुहोस्
Share: