
विग न्यूज
पोखरा, २८ बैशाख । चलचित्र पत्रकार संघ कास्कीले पत्रकार शिव शर्मालाई विदाई गरेको छ । परिवारसहित जेठको दोस्रो साता अमेरिका जान लागेका पत्रकार शर्मालाई संघले विशेष समारोहको आयोजना गरि आईतबार विदाई गरेको हो । शर्मा चलचित्र पत्रकार संघ कास्कीका संस्थापक महासचिव तथा निवर्तमान अध्यक्ष समेत हुन् ।
पत्रकार शर्मालाई चलचित्र पत्रकार संघका अध्यक्ष रेम बिक, संस्थापक अध्यक्ष श्रीराम सिग्देल र सल्लाहकार घनश्याम लामिछानेले माला अबिर र मायाकोृ चिनो प्रदान गरेर विदाई गरेका थिए ।
विदाई कार्यक्रममा संघका पुर्व उपाध्यक्ष विभु भुषालले पत्रकार शर्माको पत्रकारिता पत्रकारिता र जीवनशैलीको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा संघका सँस्थापक अध्यक्ष श्रीराम सिग्देल , बर्तमान् सल्लाहकार तथा फिल्म निर्देशक घनश्याम लामिछाने , प्रेस युनियन कास्कीका उपाध्यक्ष माधव रेग्मी , परिचय एर्डभरटाईजिङ्गका प्रमुख कार्यकारी अधिकृत शोभित बस्याल लगाएतले बैदेशिक यात्राको शुभकामना तथा पत्रकार शर्मा सँगका अनुभव साटेका थिए ।
विदाई कार्यक्रममा पत्रकार शर्मा केहि भावुक समेत भए । उनले जहाँ रहेपनि पत्रकारिता नछाड्ने बताए । ‘भलै अमेरिका गएपछि मेरो पहिलो प्राथमिकतामा पत्रकारिता नपर्ला । तर मैले कलम चलाउन छाड्ने भन्ने कुरा चाँहि सोँच्न पनि सक्दिन ।’ उनले भने–‘मुलधारे पत्रकारितामा कमल नचलाएपनि आफ्नो लेखनबाट समाज देखाउने काममा म सँधै अगाडि हुनेछु ।’
उनले आफुलाई भव्य विदाई गरेकोमा चलचित्र पत्रकार संघ कास्कीलाई धन्यवाद समेत दिए । संघका अध्यक्ष रेम विकको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव सुशन घिमिरेले संचालन गरेका थिए ।
बिसँ २०५५ साल देखि पत्रकारिता गर्दै आएका शर्मा पछिल्लो समय कान्तिपुर पब्लिकेसनमा कार्यरत थिए । साहित्यमार्फत पत्रकारितामा प्रवेश गरेका शिव शर्माले पोखराको रंग पत्रकारितालाई उचाँई दिनमा ठुलो योगदान गरेका छन् । पछिल्लो समय वातावरण पत्रकारिता समेत गर्दै आएका शर्माले थुप्रै पत्रकारिता पुरस्कारहरु समेत प्राप्त गरिसकेका छन् ।
